• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ


बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो । नाबालिग बलात्कार अभियोगमा अभिनेता शाहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारविरुद्धको कानूनमा समीक्षा जरुरी
काठमाडौं । ‘समाचार चैं नलेख्नु है’ भन्दै गत असोज महिनाको दोस्रो सातातिर एक सेलिब्रिटीले सनसनी खबर सुनाए । खबर त्यही थियो, जुन अहिले झांगिएर घर-घरमा, पल-पलमा समीक्षाको विषय बनिरहेको छ ।यस्तो-यस्तो भएको रहेछ नि,’ भन्दै उनले घटनाको फेहरिस्त सुनाउँदा अलि अपत्यारिलो लागेको थियो । नाबालिग कलाकार जोडिएको संवेदनशील विषय भएको हुँदा ‘गसिप’ कै रूपमा पनि लेखिहाल्न उचित थिएन । तर, पनि देशका दुई चर्चित कलाकार जोडिएको स्क्यान्डललाई यत्तिकै बिर्सिदिने कुरा पनि आएन ।त्यसको एक साताभित्र दुवै कलाकारसँग नजिक केही सेलिब्रिटीहरूसँग बुझ्दा उनीहरू यो विषयमा पहिल्यै जानकार पाइए । उनीहरूले पनि ‘समाचार चैं नलेख्नु’ भन्दै हुबहु उही कथा सुनाए । तर, ‘रियल हिरो’ को उपमा पाएको सेलिब्रिटीले भर्खरकी उदीयमान गायिकालाई ‘युज एन्ड थ्रो’ गरेको विषय बाहिर ल्याउनैपर्ने आवश्यकता महसुस भयो । त्यतिञ्जेलसम्म मुलधारका मिडिया मात्र होइन, सेलिब्रिटीका बेडरुम र ट्वाइलेटसम्म पुगेर भिडिओ खिच्ने ल्याकत भएका युट्यूवरहरूले समेत यो प्रकरणलाई छुने ‘रिस्क’ लिएका थिएनन् ।

गत कात्तिक ५ गते पहिलोपटक यो प्रकरणबारे नेपाल प्रेसमा ‘गसीपमा पल-समीक्षाः प्रेम विवाद र समझदारीको अन्तरकथा’ शीर्षकमा समाचार प्रकाशित भयो । समाचारमा पलले नाबालिग गायिकासँग केही समय रिलेसनसीपमा बसेर पछि छोड्न खोज्दा गायिकाले कानूनी उपचारको चेतावनी दिएपश्चात परिवारको रोहबरमा दुई वर्षपछि विवाह गर्ने सहमति भएको उल्लेख थियो ।सेलिब्रिटीहरूबीच अफेयरका मसिना हल्लाहरू पनि तुरुन्तै मिडियामा भाइरल हुने गरेका छन् । तर, पल र नाबालिग गायिकाको यति ठूलो स्क्यान्डल आश्चर्यजनकरूपमा लामो समयसम्म गुचपचुप रह्यो । कलाकार र चलचित्र पत्रकारहरूबीच व्यापक चर्चाको विषय भइसक्दा पनि यो समाचार बन्न सकेको थिएन ।यो समाचारमा पल शाहको पनि स्पष्टीकरण समावेश थियो, जसमा उनले गायिकासँग प्रेमसम्बन्ध रहेको अस्वीकार गरेका थिए । गायिकाले भने यस विषयमा हामीसँग बोल्न चाहेकी थिइनन् ।

नेपाल प्रेसमा प्रकाशित उक्त समाचार विभिन्न अनलाइनहरूले कपि गरेर छ्याप्छ्याप्ति बनाए । दुई दिनपछि पल र गायिका दुवैका फेसबुकबाट समाचारको खण्डन गरियो । पलले ती गायिकालाई फकाएर आफैंले पठाएको खण्डन हाल्न लगाएका थिए । तर, उक्त समाचार ढिलो-चाँडो सत्य प्रमाणित हुनु नै थियो ।गायिकाकै फेसबुकबाट खण्डन हाल्न सफल भएपछि पललाई हाइसञ्चो भयो । त्यसपछि उनी गायिकासँग फेरि टाढिने प्रयासमा लागे । उनले गायिकालाई ठाडै भने- ‘तिमीले नै सम्बन्ध छैन भनेर लेखिसक्यौ, त्यसैले अब तिमी आफ्नो बाटो, म आफ्नो बाटो ।’त्यसपछि गायिका अप्ठेरोमा परिन् । आफ्नै फेसबुक स्टाटस उनका लागि घाँडो भयो । अन्ततः उनले आफ्नो त्यो खण्डनलाई नै खण्डन गरेर गत माघ ६ गते अर्को स्टाटस लेखिन् । त्यसमा उनले पहिले लेखेको स्टाटस वास्तविकताभन्दा टाढा भएको भन्दै उनले चाँडै यथार्थ सार्वजनिक चेतावनी दिएकी थिइन् ।

गायिका उमेरले अपरिपक्व छिन् नै, मानसिकरूपमा झनै अपरिपक्व देखिइन् । जब पल आफूबाट टाढिन्थे, उनी कानूनी उपचारका लागि तम्सिन्थिन् । त्यो थाहा पाएपछि तुरुन्तै पलले उनलाई विभिन्न आश्वासन दिएर फकाउँथे । उनी सहजै फकिन्थिन् । यही सिलसिला चल्दै गयो ।करिब डेढ महिनाअघि पनि उनी जिप्रका कास्कीमा पलविरुद्ध जाहेरी दिन पुगेकी थिइन् । वकिललाई जाहेरी लेखाईवरी सबै कुरा रेडी थियो । तर, प्रहरीले अन्तिमपटक बारदात भएको स्थान तनहुँमा नै गएर जाहेरी दिन सुझाव दियो । त्यसपछि तनहुँ जाने सुर गर्दा पलले सुइँको पाए र उनलाई फेरि थामथुम पारे ।

तर, फेरि पनि पलले उनीसँग पुरानै व्यवहार दोहोर्‍याए । उनी कसैगरी पनि यो सम्बन्धबाट उम्किन चाहन्थे किनकी उनले गायिकाभन्दा अगाडि अर्की एक युवतीसँग पनि विवाहको कुरा छिनेका थिए । निकटस्थहरूका अनुसार जनजाति परिवारकी ती युवतीसँग पल अलि डराउँथे । ती युवती पलले आफूलाई बिहे गर्नेमा ढुक्क थिइन् ।दुई साताअघि पलका मल्टिपस अफेयर्सबारे हामीलाई विभिन्न प्रमाणहरू स्रोतले दियो । सबै प्रमाणहरू केलाउँदा पलको कम्तीमा चारजना युवतीहरूसँग समानान्तर सम्बन्ध रहेको स्पष्ट भयो । उनका अरु पनि थुप्रै अफेयरहरूबारे अपुष्ट तर विश्वसनीय विवरणहरू प्राप्त भए । आफूसँग फ्यानको रूपमा नजिकिएका वा कला क्षेत्रमा नवआगन्तुक युवतीहरूलाई उनले मिसयुज गरिरहेको निस्कर्षमा पुग्न कठिन भएन ।

पीडित कमजोर पृष्ठभूमिबाट माथि उठेकी कलाकार हुन् । विशिष्ट प्रतिभाका कारण कलिलै उमेरमा ख्याति आर्जन गरिन् । तर, करिअरमा फोकस गर्नुपर्ने बेला अफेयरहरूमा जेलिन पुग्नु र फिजिकल रिलेसनसीपबाट जोगिन नसक्नु उनको कमजोरी भयो । उनले आफ्नै भ्यालु नबुझेर पललाई पाउन मरिहत्ते गरिरहिन् । फलस्वरूप बारम्बार ‘म्यानुपुलेट’ भइरहिन् ।लाखौं युवायुवतीले पछ्याइरहेका फिल्मी हिरोको यस्तो दूषित जीवनशैली अपाच्य थियो । त्यसमाथि उमेरले नाबालिग किशोरीसँग राखिएको सम्बन्ध नैतिकरूपमा मात्र नभएर कानूनीरूपमा पनि गलत थियो । कलाकार जतिसुकै लोकप्रिय किन नहोस, यदि गलत बाटोमा हिँडेको छ भने मिडियाले खबरदारी गर्नैपर्ने हुन्छ । त्यसो त उनीजस्ता प्लेव्वाइहरू फिल्म इन्डष्ट्रीमा मात्र नभएर अरु क्षेत्रमा पनि कयौं होलान् । सबैका लागि पाठ होस् भनेर समाचार लेख्ने निधो गर्‍यौं ।

गत फागुन ७ गते ‘रियल हिरो कि प्लेब्वाई’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । हामीसँग रहेका प्रमाणमध्ये उक्त समाचारमा म्यासेन्जरका दुईवटा स्क्रिनसट मात्रै प्रयोग गरेका थियौं । अडिओको विवरण लेखे पनि त्यसलाई सार्वजनिक गरेका थिएनौं । गायिकाले दुई दिनअगाडि मात्रै महिला अधिकारकर्मी जश्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको याचना गरेको अडिओ पनि हामीसँग सुरक्षित थियो ।समाचारले तत्काल भाइब्रेसन ल्याइहाल्यो । पहिलेझैं पल शाहले तुरुन्तै गायिकालाई प्रभावमा पारिहाले । दुवैले सँगै बसेर एउटा युट्यूव च्यानलमार्फत नेपाल प्रेसको समाचार खण्डन गरे । गायिकाले पलसँग आफू रिलेसनसीपमा नरहेको बताइन् ।

अदालती भाषामा एउटा शब्दावली चर्चित छ- होस्टाइल । यो भनेको कुनै पिडितलाई धाकधम्की, दबाब वा प्रभावमा पारेर बयान फेर्न लगाउनु वा पीडकको पक्षमा उभिन लगाउने काम हो । आफू पल शाहबाट पिडित भएँ भनेर दुख पोखेको दुईदिनपछि नै अन्तर्वार्ता दिएर पीडितले केही नभएको अभिनय गर्दा उनलाई होस्टाइल बनाइएको प्रष्ट भयो । उक्त अन्तरवार्ताले हाम्रो समाचारको विश्वसनीयतमा प्रश्न उठ्यो नै, त्योभन्दा पनि पिडितमाथि थप शोषण हुन सक्ने खतरा देखियो । यसर्थ सम्पादकीय टिममा लामो छलफलपश्चात हामीले अडिओ सार्वजनिक गर्ने निर्णय गर्‍यौं ।सेलिब्रिटीहरूको अघिपछि छायाँ झैं दौडिने युट्यूवरहरू अस्तिसम्म पल प्रकरण थाहा नपाएझैं गरिरहेका थिए । तर, पलविरुद्ध जाहेरी परेदेखि उनको बचाउमा युट्यूवर व्यापक सल्बलाएका छन् । तनहुँ जिप्रका अगाडि बसेर पल-पलको अपडेट दिइरहेका छन् । नयाँ-नयाँ ‘खुलासा’ गरिरहेका छन् । विभिन्न पात्रहरूलाई उभ्याएर पीडितको विगत खोतल्दै उनको बदनामी गर्ने काम भइरहेको छ ।

फागुन ९ गते ‘समीक्षा अधिकारीको बयानः पल शाहबाट यसरी पीडित भएँ’ शीर्षकमा समाचार र अडिओहरू सार्वजनिक गरियो । समाचार पोष्ट भएको आधा घण्टापछि गायिकाले फोन गर्दै अडिओ हटाइदिन बिलौना गरिन् । आफूलाई अप्ठेरो पर्ने भन्दै पीडितले नै आग्रह गरेपछि अडिओ‌ हटाउन कर लाग्यो । पीडितको बयान र पल शाहले पीडितसँग सम्बन्धको स्वीकारोक्ति गरेको अर्को अडिओ दुवै हामीले हटायौं । तर, यसबीचमा धेरैले नेपाल प्रेसबाट डाउनलोड गर्न भ्याइसकेका थिए । केही घण्टामै अडिओ भाइरल भयो । त्यसपश्चात नै पल काण्डले उग्ररूप लिएको हो ।अडिओ भाइरल भएपछि पल शाहले स्टाटस लेख्दै आफूविरुद्ध केही व्यक्तिहरूले गायिकालाई प्रयोग गरेको आरोप लगाए । अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा समेत उनले आशंका व्यक्त गरे । पलको सो स्टाटस आएपश्चात गायिकाले फेरि एकपटक कानूनी लडाइँमा जाने निर्णय लिएकी हुन् । यसपटकको निर्णय चाहिँ साँच्चिकै निर्णायक बन्यो ।

नायिका पुजा शर्मा बलत्कारको मुद्दा खेपिरहेका व्यक्तिको तस्बिर अंकित टिसर्ट लगाएर हल-हलमा पुगिन् र रुवाबासी गरिन् । वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पललाई सहानुभूति दिँदै लेखिन्- बलियो बन, तिम्रो साथमा भगवान् हुनुहुन्छ । तनहुँमा युवा-युवतीहरूले पल शाहलाई न्याय देऊ भन्दै र्‍याली नै निकालिरहेका छन् । लाजमर्दा दृष्यहरू हुन् यी ।गत फागुन १० गते पीडित मोबाइल स्वीच अफ गरिवरी आफ्ना दिदी-भिनाजुसहित काठमाडौंबाट हायस चढेर जाहेरी दिन जान हिँडेको सूचना प्राप्त भयो । राति करिब नौ बजे उनीहरू जिप्रका तनहुँ पुगेका थिए । तर, प्रहरीले बुबाको पनि सनाखत हुनुपर्ने बताएर फर्काइदियो । भोलिपल्ट कास्कीबाट गायिकाका बुबा आए । यसअघि कास्की प्रहरीमा दिन तयार गरेको जाहेरीलाई नै थोरै सम्पादन गरेर त्यसमा बुबालाई हस्ताक्षर गराइयो । छोरीमाथि जबर्जस्ती करणीको विवरण पढेर एक बाबुले कसरी जाहेरीमा हस्ताक्षर गरे होलान्, कल्पना गर्दा पनि मुटु चिसो हुन्छ ।

पीडितले जाहेरी दर्ता गरेसँगै यस प्रकरणले ठूलो ट्वीस्ट लियो । पक्राउ पुर्जी जारी भएपश्चात केही दिन फरार भएका पल शाहले अन्ततः प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् । र, यतिबेला समाज उनको पक्ष र विपक्षमा विभाजित छ । देशको राजनीतिक उथलपुथललाई नै ओझेल पार्ने गरी पल शाह प्रकरण चर्चामा आएको छ । टिकटक हेर्ने हो भने त ८० प्रतिशत कन्टेन्टहरू उनीहरूमाथि केन्द्रित छन् ।

दबाइएको समाचार र आरोपीको बचाउ
सेलिब्रिटीहरूबीच अफेयरका मसिना हल्लाहरू पनि तुरुन्तै मिडियामा भाइरल हुने गरेका छन् । तर, पल र नाबालिग गायिकाको यति ठूलो स्क्यान्डल आश्चर्यजनकरूपमा लामो समयसम्म गुचपचुप रह्यो । कलाकार र चलचित्र पत्रकारहरूबीच व्यापक चर्चाको विषय भइसक्दा पनि यो समाचार बन्न सकेको थिएन ।

अहिले गायिकाको पक्षमा कडा पैरवी गरिरहेका सञ्चारमाध्यमका समाचारकक्षभित्रै दबाइएको थियो यो प्रकरण । मनोरञ्जन क्षेत्रमा कलम चलाउने वा टेलिभिजनमा फलाक्ने पत्रकारहरू गायिकाको जाहेरी पर्नुअघिसम्म समाचार लुकाउन तल्लिन थिए । वास्तवमा नेपालका फिल्म पत्रकार पत्रकारिताबाहेक सबैचिज गर्दारहेछ र समाचारबाहेक सबैथोक लेख्दारहेछन् । सबै पत्रकारलाई भन्न खोजिएको होइन, तर मुल प्रवृत्ति यही नै देखियो ।

युट्यूवरहरूको त झन् के कुरा गर्ने ? सेलिब्रिटीहरूको अघिपछि छायाँ झैं दौडिने युट्यूवरहरू अस्तिसम्म पल प्रकरण थाहा नपाएझैं गरिरहेका थिए । तर, पलविरुद्ध जाहेरी परेदेखि उनको बचाउमा युट्यूवर व्यापक सल्बलाएका छन् । तनहुँ जिप्रका अगाडि बसेर पल-पलको अपडेट दिइरहेका छन् । नयाँ-नयाँ ‘खुलासा’ गरिरहेका छन् । विभिन्न पात्रहरूलाई उभ्याएर पीडितको विगत खोतल्दै उनको बदनामी गर्ने काम भइरहेको छ ।

यस्तै कन्टेन्ट हेरे आमदर्शकले पनि पीडितलाई गाली वर्षाइरहेका छन् । गायिकामाथि नानाथरिका लाञ्छनाहरू लगाउन थालिएको छ । खासगरि टिकटकमा उनलाई लाञ्छित गरी अत्यन्तै आपत्तिजनक भिडिओहरू पोष्ट भइरहेका छन् । पिडितका लागि होइन, पीडकका लागि न्यायको माग भइरहेको छ । पलले लत्याएकी अर्की एक पूर्वप्रेमिकाले पनि ‘जस्टिस फर पल शाह’ भन्दै पोष्ट गरेको भेटियो ।

पल शाह गलत देखिँदादेखिँदै पनि धरै मानिसहरू उनीप्रति सहानभूति किन दर्शाइरहेका छन् ? यो विचारणीय प्रश्न हो । पलको पक्षमा बोलिरहेका सबै उनका डाइहार्ड फ्यान हुन् भन्न पनि मिल्दैन । पहिले उनको नामै नसुनेकाहरू धेरैले अहिले उनीप्रति सहानुभूति देखाइरहेको पाइन्छ । यसका खासगरी दुई कारण छन् । पहिलो पुरुषवादी चिन्तन र दोस्रो नेपालको त्रुटीपूर्ण कानूनी व्यवस्था । पुरुषवादी चिन्तन नयाँ कुरा होइन र रातारात परिवर्तन गर्न सम्भव पनि छैन । तर, कानूनी व्यवस्थाका सन्दर्भमा चाहिँ तत्काल विमर्श आवश्यक छ ।

नायिका पुजा शर्मा बलत्कारको मुद्दा खेपिरहेका व्यक्तिको तस्बिर अंकित टिसर्ट लगाएर हल-हलमा पुगिन् र रुवाबासी गरिन् । वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पललाई सहानुभूति दिँदै लेखिन्- बलियो बन, तिम्रो साथमा भगवान् हुनुहुन्छ । तनहुँमा युवा-युवतीहरूले पल शाहलाई न्याय देऊ भन्दै र्‍याली नै निकालिरहेका छन् ।

लाजमर्दा दृष्यहरू हुन् यी । अदालतमा पुगिसकेको मुद्दामा आरोपिकै पक्षमा न्याय मागिनु दुर्लभ घटना पनि हो । फ्यानहरूले दर्शाउने सहानुभूतिलाई नजरअन्दाज गर्न सकिएला, तर चर्चित सेलिब्रिटीहरूले नै अदालतको फैसला आउनुअघि आरोपीप्रति सार्वजनिक पक्षधरता देखाउनुलाई विडम्बना नै मान्नुपर्ने हुन्छ ।

पीडितविरुद्धका ‘प्रमाण’
आफूमाथि जाहेरी दर्ता भएसँगै पलले सामाजिक सञ्जालमा केही अडिओहरू सार्वजनिक गरे । पीडितलाई केही व्यक्तिहरूले प्रयोग गरेको ती अडिओबाट पुष्टि हुने उनको दाबी छ ।

पलले सार्वजनिक गरेको अडिओमा गायिकालाई दुर्गेश थापा, सरोज वलीलगायतका व्यक्तिहरूले ‘गाइड’ गर्दै विभिन्न छलफल गरिरहेको सुनिएको छ । शारीरिक सम्बन्धको प्रमाण सिर्जना गरेर पीडितसँग विवाह गर्न पललाई वाध्य पार्ने रणनीतिमा त्यो छलफल केन्द्रित देखिन्छ । पलका फ्यानहरूले यसलाई आफ्नै साथीले पललाई पिठ्यूँबाट छुरा घोपेको अर्थमा व्याख्या गरिरहेका छन् ।

पलभन्दा अगाडि पनि गायिका एक पुरुषसँग रिलेसनसीपमा रहेको भन्दै विभिन्न व्यक्तिका अन्तर्वार्ता आएका छन् । एकसाथ ६ वटा गर्लफ्रेन्ड बनाउने पलको बचाउमा उभिनेहरूले नै गायिका पहिले पनि अफेयरमा रहेको कुरालाई उछाल्न खोजेका छन् ।

यद्यपि सार्वजनिक भएका अडिओ वा ‘खुलासा’ हरूले पलमाथि लागेको आरोप भने पखालिने होइन । न त यसले उनलाई कानूनीरूपमा नै बलियो बनाउँछ । यो मुद्दामा अदालतले हेर्ने भनेको दुईवटा मात्रै पक्ष छन् । पहिलो पीडित नाबालिग हुन् कि होइनन् । दोस्रो पलले पीडितसँग शारीरिक सम्बन्ध राखेका हुन् या होइनन् । यी दुवै पक्षबाट पीडितको मुद्दा बलियो छ ।

पछिल्लो समय पलनिकटका व्यक्तिहरूले उनको उमेरमा प्रश्न उठाउन थालेका छन् । नागरिकतामा पीडितको जन्ममिति २०६२ साल, साउन ३ गते उल्लेख छ । त्यस आधारमा उनी १७ वर्ष मात्र भएकी छन् । घटना हुँदा उनी १६ वर्षकी थिइन् । यदि पलका वकिलले नागरिकतामा उल्लेखित मिति झूटो रहेको र सहमतिमै सम्बन्ध राखेको प्रमाणित गर्न सकेको खण्डमा मात्रै पललाई उन्मुक्ति मिल्न सक्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार