• २०८१ कार्तिक १५ गते बिहिवार
  • Preeti To Unicode

कार्यक्रम स्थलमै सांघातिक हमला, बालबाल बाँचे प्रचण्ड


काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि उनकै कार्यकर्ताले सांघातिक हमला गरेका छन् । शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षणमा सहभागी भएका प्रचण्डलाई उनकै कार्यकर्ताले हमला गरेका हुन् ।पूर्वजनमुक्ति सेनाका युवाहरुले प्रचण्डमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न

आफूहले त्यस्तो गरेको बताउँदै गर्दा तलबाट एक युवाले ढुङ्गा हानेका थिए ।‘मैले र माधव नेपालले शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ प्रशिक्षण कार्यक्रममा उनले भनेका थिए ।‘हामी संख्या पुर्याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्यो भनिदिनुपर्यो । प्रत्यक्षमा हामीले बढी सिट जितेको हो । तर, हामी केपी प्रवृत्तिविरुद्ध लड्नु प्रमुख हो भनेर त्यसमा अगाडि बढ्यौं ।’

‘प्रतिगमनविरुद्ध संघर्ष’ मा माओवादीले आफूलाई प्रमाणित गरेको प्रचण्डको भनाइ छ। ‘हामीले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको हो,’ उनले भने, ‘अरु कुनै पनि पार्टीले प्रतिगमनविरुद्ध विद्रोह गरेर महाधिवेशन गरेका होइनन्। त्यसबाट माओवादी ज्यान दिएर लड्न तयार छन् भन्ने प्रामाणित भएको छ ।’

प्रचण्डले निकै अन्यौलताका बेला गत साउनको बैठक पार्टीलाई वैचारिक र सांगठनिक दिसा देखाउन सफल भएको दावी गरे।‘साउन ३० र ३१ गते बसेको केन्द्रीय समिति बैठक हाम्रो पार्टीलाई ऐतिहासिक मोड दिने ऐतिहासिक बैठक बन्यो,’ उनको भनाइ छ, ‘ हामी जाने बाटो यही हो स्पष्ट थिएन । संगठनलाई सुधार गर्नेबारे पनि कसैको दिमागमा स्पष्ट चित्र आएको थिएन ।’

ढुंगा प्रहार गर्ने युवाको पहिचान भएको छैन् । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । एमसीसी पास गर्न भुमिका खेलेको भन्दै उनीमाथि आक्रमण भएको बुझिएको छ ।फ्लोरबाट ढुङ्गा प्रहार भएपछि वाइसियलका नेताहरुले प्रचण्डको सुरक्षा गरेका थिए ।यस विषयमा बुझ्दा प्रहरीले कुनैपनि अप्रिय घटना नघटेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले सामाजिक संजालमा एक सूचना जारी गर्दै कुनै पनि घटना नघटेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार