• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल – २०७८ फागुन ३० गते सोमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ फागुन ३० गते, साेमवार१४ मार्च २०२२। फाल्गुण शुक्लपक्ष एकादशी तिथि, १०ः५४ बजेदेखि द्वादशी। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।वि.सं. फागुन ३०, २०७८ । ई.सं. १४ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । सोमबार फाल्गुण शुक्लपक्ष । तिथि- एकादशी, १०:५४ बजे उप्रान्त द्वादशी ।

नक्षत्र- तिष्य, २१:१८ बजे उप्रान्त अश्लेषा । योग- अतिगण्ड, २७:४१ बजे उप्रान्त सुकर्मा । करण- भद्रा १०:५४ बजेदेखि वव, २३:३८ बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग धाता । दिनमान २९।४५ । सूर्योदय ६:१७ । सूर्यास्त १८:११ । आमलकी एकादशीव्रत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज वैदेशिक कार्य अघि बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवार सँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार