• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

पल शाहको बयान : म कमल खत्रीसँग सुतेको हो, पछि महिनावारी रोकिएको मेसेज आयो, अदालतमा ११७ प्रमाण तथा कागजात पेश


१६ वर्षीयानाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएकोछ।सरकारी वकिल को तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो

। मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश गरिएको छ । घटनाका सम्बन्धमा देख्ने तथा सुन्ने १६ जना पनि सवुत प्रमाणका रुपमा उल्लेख गरिएको छ । यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ । यस्तै घटनास्थलको मुचुल्कासहित सम्बन्धित विवरण र प्रमाण गरी ११७ वटा कागजात पेश गरिएको छ ।

पल शाहको बयान : म कमल खत्रीसँग सुतेको हो, पछि महिनावारी रोकिएको मेसेज आयो
बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् । उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौं’, पलको बयानमा भनिएको छ । २०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा रात बसेको उनले बताएका छन् ।

राति अबेरसम्म बियर खाँदै पीडित र आफूबीच म्यासेज आदान प्रदान भएको उनको भनाइ छ । सोही क्रममा राति पौने १२ बजेतिर बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई उनलाई बियर खान दिएर फर्किएको उनको भनाइ छ । त्यसपछि फेसवास लिएर आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको उनले बयान दिएका छन् । तर, पीडित नाबालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर आफूलाई फोन गरी महिनावारी रोकिएको बताएको उनको भनाइ छ । तपाइँले मलाई स्वीकार्नुपर्छ’ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेको उनको बयानमा उल्लेख छ । यही क्रममा २०७८ सालको असार महिनामा बानेश्वरमा पीडित, पीडितको आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी, कृष्ण जोशीसमेत भएर छलफल गर्ने क्रममा आफूले उमेर पुगेपछि बिहे गर्ने प्रतिबद्धता जनाएको उनको बयानमा उल्लेख छ । उनले पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा आफूलाई पूर्णरूपमा थाहा भएको पनि बताएका छन् ।

पल प्रकरणमा पीडित किशोरीको बयान : मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए
बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् ।

संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् । उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् । शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् । पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ । पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार