• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा, वाङको जम्बो टोलीमा को को छन् ? ( सूचीसहित )


तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएकाहुन्। विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिका

मा गएका छन् । उनी त्यही बस्नेछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।चिनियाँ विदेश मन्त्री वाङ यी दुई सहायकमन्त्री र आफ्ना सुरक्षाकर्मीसहित तीन दिने औपचारिक भ्रमणमा शुक्रबार अपरान्ह काठमाडौं ओर्लिएका छन्। विदेश मन्त्री यीसँग विदेश सहायकमन्त्री उ जियाङहा र वाणिज्य सहायकमन्त्री सेङ झोउपिङ पनि काठमाडौं आएका छन्।मन्त्री वाङको टोलीमा प्रायः सबै विदेश मन्त्रालयका अधिकारीहरु छन्।

चिनियाँ विदेशमन्त्रीले आफ्ना सुरक्षाकर्मी ली रुईलाई समेत साथमा ल्याएका छन्। मन्त्रीसँगै नेपाल आउनेमा एसिया मामिला हेर्ने विदेश मन्त्रालयका अधिकारीहरु बढी छन्।टोलीमा एसिया मामिला विभागका महानिर्देशक लिउ जिङसङ, पश्चिम एसिया र उत्तर अफ्रिकी मामिला विभागका महानिर्देशक वाङ दी र चिनियाँ परराष्ट्र मन्त्रालय सूचना विभागका उपमहानिर्देशक जिआङ सीआओयन छन्।त्यस्तै विदेश मन्त्री वाङको टोलीमा प्राटोकल विभागमा उपमहानिर्देशक सोङ जिया,

विदेशमन्त्री वाङका सेक्रेटरी देङ जिया, एसिया मामिला विभागका निर्देशक सू हाङफियन र पश्चिम एसिया र उत्तर अफ्रिकी मामिला विभागका निर्देशक युआन युआनसमेत छन्।त्यस्तै ट्रान्सलेसन विभागका निर्देशक लियु फेइ र सोही विभागका द्वितीय सचिव चेङहाङ यान,

एसिया मामिला विभाग उपनिर्देशक जू सोङवो, प्रोटोगल विभागका उपनिर्देशक वेइ जेझोङ छन्।एसिया मामिला विभागका द्वितीय सचिवद्धय फेङ फेइ र यु फेङचेङ, सूचना विभागका द्वितीय सचिव यु सीझोउ र विदेश मन्त्रालयका प्रशासक जोजियाङ फाङसमेत विदेश मन्त्री वाङको भ्रमण टोलीमा छन्।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार