• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १६ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १६ गते, बुधवार, ३० मार्च २०२२। चैत्र कृष्णपक्ष त्रयाेदशी तिथि, १३ः२५ बजेदेखि चतुर्दशी। शतभिषा नक्षत्र, ११ः०३ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ।
वि.सं. चैत १६, २०७८।ई.सं. ३० मार्च २०२२ । शक संवत् १९४३ ।नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । बुधबार चैत्र कृष्णपक्ष । तिथि- त्रयोदशी, १३:२५ बजे उप्रान्त

चतुर्दशी । नक्षत्र- शतभिषा, ११:०३ बजे उप्रान्त पूर्वभाद्रपदा । योग- शुभ, १३:२४ बजे उप्रान्त शुक्ल । करण- वणिज १३:२५ बजेदेखि भद्रा, २४:५३ बजे उप्रान्त नाग । चन्द्रराशि कुम्भ । आनन्दादि योग मानस । दिनमान ३०।५१ । सूर्योदय ५:५९ । सूर्यास्त १८:२० । पञ्चक, वारुणी योग ११:०३ प., पिशाचचर्तुदशी, पाशाच:ह्रेपूजा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार