• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १८ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १८ गते, शुक्रवार,१ अप्रिल २०२२। चैत्र कृष्णपक्ष औँसी तिथि, ११ः५९ बजेदेखि चैत्र शुक्ल प्रतिपदा। उत्तरभाद्रपदा नक्षत्र, १०ः५५ बजेदेखि रेवती। चन्द्रराशि– मीन।वि.सं. चैत १८, २०७८ । ई.सं. १ अप्रिल २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । शुक्रबार चैत्र कृष्णपक्ष । तिथि- औंसी, ११:५९ बजे

उप्रान्त प्रतिपदा । नक्षत्र- उत्तरभाद्रपदा, १०:५५ बजे उप्रान्त रेवती । योग- ब्रह्म, १०:०० बजे उप्रान्त ऐन्द्र । करण- नाग ११:५९ बजेदेखि किंस्तुघ्न, २३:५६ बजे उप्रान्त कौलव । चन्द्रराशि मीन । आनन्दादि योग ध्वज । दिनमान ३०।५९ । सूर्योदय ५:५७ । सूर्यास्त १८:२१ । April, पञ्चक हलोबार्ने औशी, मन्वादि घोडे जात्रा, सौरनलनाम सम्वत्सर प्रा. १३:०४ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वाणीमा कुशलता आउने दिन पनि हो ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुने र मन खुसी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार