• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र २४ गते बिहीवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र २४ गते, बिहीवार७ अप्रिल २०२२। चैत्र शुक्लपक्ष षष्ठी तिथि,१८ः५४ बजेदेखि सप्तमी। मृगशिरा नक्षत्र,२१ः२० बजेदेखि आर्द्रा। चन्द्रराशि– वृष, ८ः०२ बजेपछि मिथुन।चैत्र शुक्लपक्षको षष्ठी तिथि,साँझ ०६:५७ बजेसम्म,त्यस पछि सप्तमी तिथि,मृगशिरा नक्षत्र,बेलुका ०९:२२ बजेसम्म,त्यसपछि आर्द्रा नक्षत्र,चन्द्रमा बृष राशिमा,बिहान ०८:०३ बजे सम्म,

त्यसपछि मिथुन राशिमा, सौभाग्य योग, बिहान ०८:३९ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा कौलव करण बिहान ०५:५३ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:५७ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : सेतो (बिहान ०८:०३ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योग छ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार