• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित !


सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद हेरफेर
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद्मा हेरफेर भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नको लागि नेपाली काँग्रेसले सुदूरपश्चिम सरकारमा आफ्नो भाग खोजेको थियो ।

सोही अनुसार प्रदेशमा मन्त्रिपरिषद् हेरफेर भएको हो । नयाँ मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावल, सामाजिक विकास मन्त्रीमा गोविन्द बोहरा र राज्यमन्त्रीमा टेकबहादुर रैका नियुक्त भएका छन् । यस्तै आर्थिक मामिला मन्त्री प्रकाश रावल र राज्यमन्त्री अम्मरबहादुर साउद तथा भौतिक राज्यमन्त्रीमा कुलबिर चौधरी नियुक्त भएका छन् ।

यसअघि एकीकृत समाजवादीका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बाहेक अन्य मन्त्रीहरूले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार