• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र २९ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र २९ गते,मंगलवार,१२ अप्रिल २०२२। चैत्र शुक्लपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र,प्रातः ६ः२६ बजेदेखि मघा। चन्द्रराशि– कर्कट प्रातः ६ः२६ बजेदेखि सिंह।वि.सं. चैत २९, २०७८ । ई.सं. १२ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । मंगलबार चैत्र शुक्लपक्ष । तिथि- एकादशी, २६:४६ बजे

उप्रान्त द्वादशी । नक्षत्र- अश्लेषा, ६:२६ बजे उप्रान्त मघा । योग- शूल, १०:१६ बजे उप्रान्त गण्ड । करण- वणिज १४:२५ बजेदेखि भद्रा, २६:४६ बजे उप्रान्त वणिज । चन्द्रराशि कर्कट । आनन्दादि योग आनन्द । दिनमान ३१।४४ । सूर्योदय ५:४५ । सूर्यास्त १८:२६ । कामदा एकादशीव्रत, विश्व ज्योतिष महासंघ २६ औं स्थापना दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार