• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

सञ्चारकर्मी घिमिरेको यो मुटु भरी सार्जनिक ( भिडियो )


काठमाण्डौ। सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको’यो मुटु भरी’ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम

र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।माया भन्दा ठुलो धन सम्पती नभएकोकुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने सम

पर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन ।यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ

। काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न पनि सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको

सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।भिडियो हेर्नुस् रभिडियो मन परे शेयर गरि थप प्रति क्रिया सल्लाह सुझाब पनि दिनुहोस् सबैलाई फेरि पनि धन्यवाद

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार