• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख ७ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख ७ गते,बुधवार, २० अप्रिल २०२२। वैशाख कृष्णपक्ष चतुर्थी तिथि, १७ः१४ बजेपछि पञ्चमी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक।वैशाख कृष्णपक्षको चतुर्थी/चौथी तिथि, साँझ ०५:१८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, ज्येष्ठा नक्षत्र, भोलि बिहान ०३:१० बजेसम्म,त्यसपछि मूल नक्षत्र,चन्द्रमा बृश्चिक राशिमा,मध्यरात्रीपछि ०३:१० बजेसम्म, त्यस

पछि धनु राशिमा, वरीयान् योग, दिउँसो ०४:५६ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा बब करण बिहान ०६:३० बजेसम्म, त्यसपछि बालब करण साँझ ०५:१८ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य (साँझ ०५:१८ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक कार्य र समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार