• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख ११ गते आइतवार, श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख ११ गते, आइतवार, २४ अप्रिल २०२२। वैशाख कृष्णपक्ष अष्टमी तिथि, प्रातः ७ः४५ बजेपछि नवमी। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।वैशाख कृष्णपक्षको अष्टमी तिथि, बिहान ०७:४५ बजेसम्म, त्यसपछि नवमी तिथि,श्रवण नक्षत्र,बेलुका ०८:५४ बजेसम्म,त्यसपछि धनिष्ठा नक्षत्र,चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त),शुभ योग, मध्यरात्रीपछि

०१:५८ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा कौलव करण बिहान ०७:४५ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:४४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान (बिहान ०७:४५ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर यात्रा नगरेकै जाती अत: लाभ मिल्ने छैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार