• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

उम्मेदवारलाई जिताउन इटहरीमा एक भयो एमाले


इटहरी । इटहरीमा नेकपा एमाले एकजुट भएको छ । मेयर तथा उपमेयर उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो ।

आइतबार बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रमको मन्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गरेका हुन् । इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच वैमनश्य र तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका छन् ।

कार्यक्रममा इटहरीका निःवर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर तथा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत, सर्वध्वज साँवा, केन्द्रिय सदस्य अमृता सुब्बा, एमाले केन्द्रिय सदस्य तैयब हुसैन, एमाले नेताहरु रामप्रसाद चौलागाई, हिमाल सुवेदी, रेवती घिमिरे, अमला श्रेष्ठलगायतले उम्मेदवारको पक्षमा ऐक्यबद्धता प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा बोल्दै वक्ताहरुले एमाले उम्मेदवारलाई जिताउन सबै एकजुट हुन आग्रह गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्यहरु तथा प्रदेश नं. १ इन्चार्ज देवराज घिमिरेसमेतको उपस्थिती रहेपनि दर्शकहरुले भने पुर्व मेयर चौधरीको भाषणमा सबैभन्दा बढी चासो राखेका थिए । उनले नेपाली काँग्रेस आउट डेटेड पार्टी भएको बताउँदै इटहरी जित्ने काँग्रेसको सपना अधुरै रहने दावी गरे । चौधरीले नेपाली काँग्रेसको चक्रव्युह तोडेर एमालेलाई जिताउने बताए । त्यसको लागि आफूले नेतृत्व लिनुपरे तयार रहेकोसमेत बताए ।

‘आपसी मतभेदहरुलाई चुनावपछि आत्मसमिक्षा गरौंला,’ उनले भने, ‘तर चुनावमा हाम्रा उम्मेदवारलाई जिताउन के के गर्नुपर्छ त्यतातिर लागौं ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार