• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

जनता थर्काउने प्रचण्ड माकाफुई हुन् : ओली, ‘मेरो लोकप्रियताले वृद्धदेखि बालकले आई लभ यू भन्न थाले’


धरान:नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जनता थर्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माकाफुई(बादरे घुर्की लगाउने) भएको आरोप लगाएका छन्।चितवनमा छोरी रेणु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठुलो दुर्घटना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको ओलीको टिप्पणी

छ।सुनसरीको धरानमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेवारी भाषामा माकाफुईको अर्थ बादर भएको सुनाए। ‘एउटा चकचके बादर रुखमा चढेर रुख हल्लाउदै कराउदै बदमासी गरिरहेको हुन्छ,’ उनले भने, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने माकाफुई (बादर) हो।’ ओलीले प्रचण्डलाई माकाफुई भन्दा भानुचोकमा भेला भएका एमाले कार्यकर्ताहरु गलल्ल हासेका थिए।ओलीले आफ्नो पार्टीका उमेद्वारलाई निर्वाचित गराए सुनसरीको धरान र इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाए।

इटहरीमा एमालेले उम्मेदवारलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाएका ओलीले धरानमा पनि सोही कुरा दोहोर्‍याएका हुन्। उनले देशकै विकासको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको आफूले एमाले उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथामिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाउने बताए।

ओलीले एमालेसँग चुनाव हार्ने डरका कारण पाँच दलीय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको आरोप लगाए। उनले गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको बताए। ओलीले निर्वाचन आयोगले कांग्रेसलाई सजिलो पार्नका लागि मतपत्र हरियो रंगको बनाएको आरोप लगाए। मतपत्र हरियो बनाए पनि पहिलो लाइनमा सूर्य नै रहेकाले मतदाता सर्तक भैसकेको ओलीको भनाइ थियो। उनले केपी ओलीको लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आफूलाई आई लभ यू भन्न थालेको बताए।

एमालेले धरानमा मञ्जु भण्डारीलाई मेयर र पदम इस्वो लिमबुलाई उपमेयर बनाएको छ। इटहरीमा याम सुब्बा मेयर र संगीता चौधरीलाई उपमेयर बनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार