• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमाले प्रवेश गरे पूण्य गौतम, मञ्चमै ढोगे ओलीको खुट्टा


काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गौतमलाई मंगलबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार