• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

१५ मिनेटको अवरोधपछि सुरु भयो भरतपुरको मतगणना, यस्तो थियो विवादको कारण


काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ। मतपत्र सदर र बदर गर्ने विषयमा एमाले प्रतिनिधिले अवरोध गरेपछि १५ मिनेट मतगणना प्रभावित भएको थियो।

‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार अहिले निर्वाधरुपमा मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका रेणु दाहाल ८० मतान्तरणले अगाडि छन्। ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार