• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

भरतपुरमा विजय सुवेदीको अग्रता


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार