• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

भरतपुर : ‘एमालेको पकड मानिएको वडामा मतगणना सुरु, अब एमालेको अग्रता बढ्ने …


भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ। सो वडा एमालेको पकड भएको वडा मानिन्छ । एमालेको पकड भएकै कारण जारी मतगणनामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएको विश्लेषण गरिएको छ ।

गत स्थानीय तह निर्वाचन पनि देवी ज्ञवालीले यो वडाबाट राम्रो मत पाएका थिए । सो वडाको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै वडा नम्बर ११ लगायतका केही वडामा पनि एमालेको पकड रहेको बताइएको छ ।

जारी मतगणनामा ७४७७ मत गणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत पाउँदा सुवेदीले २६९३ मत पाएका छन् । मतपरिणामअनुसार दाहाल १४ मतले पछि परेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन् ।

यसैबीच भरतपुर वडा नम्बर १ को नतिजा आइसकेको छ । वडा नम्बर १ मा काँग्रेस विजयी भएको थियो भने २ मा मतगणना अन्तिम चरणमा पुग्दा एमालेका उम्मेदवार अघि रहेका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार