• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

स्थानीय तह निर्वाचन भरतपुरमा अग्रता फराकिलो पार्दै विजय सुवेदी


भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा दाहाल र सुवेदीबीचको मतान्तर ३८ थियो ।

महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ र राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार