• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ जेठ ३ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ जेठ ३ गते, मंगलवार, १७ मे २०२२। ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि, ८ः०७ बजेदेखि द्वितीया। अनुराधा नक्षत्र, १२ः५१ बजेपछि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।
ज्येष्ठ कृष्णपक्षको प्रतिपदा/परेवा तिथि, बिहान ०८:११ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अनुराधा नक्षत्र, दिउँसो १२:५३ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शिव योग, मध्यरात्रीपछि ०१:२५ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण बिहान ०८:११ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:०० बजेसम्म,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकायको भय रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । कुनै कुराले मनमा शान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार