• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बालेन शाहले ९ हजार मत कटाए, केशव र सिर्जनाको कति ?


काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार मत कटाएका छन्।राति २:४५ बजेसम्म को गणनामा शाहले ९ हजार १८६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ४ हजार ९४८ मत प्राप्त गरेका छन्। स्थापितभन्दा शाह ४ हजार २३८ मतले अगाडि छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३२० मत प्राप्त गरेकी छन्।काठमाडौंमा वडा नम्बर १ र २ मा गणना सकिएको छ। दुबै वडाको अध्यक्षमा एमाले विजयी भएपछि यी वडाबाट मेयरमा स्थापितले उल्लेख्य मत पाएनन्। बालेन शाहलाई बहुमत मत गएको छ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को गणना भइरहेको छ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ७ हजार ८३० मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार २२० मत पाएका छन्। सुनिताले ५ हजार ६१० मतले लिड गरेकी छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार