• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन ५ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन ५ गते, बिहीवार , २१ जुलाई २०२२। श्रावण कृष्ण पक्ष अष्टमी तिथि, १२ः१५ बजेदेखि नवमी। अश्विनी नक्षत्र, १८ः४७ बजेदेखि भरणी। चन्द्रराशि– मेष।
श्रावण कृष्णपक्ष(दिल्लागा)अष्टमी तिथि, दिउँसो १२:१२ बजेसम्म, त्यसपछि नवमी तिथि,अश्विनी नक्षत्र, साँझ ०६:४७ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा(अहोरात्र व्याप्त),

धृति योग, साँझ ०५:२७ बजेसम्म, त्यसपछि शूल योग सुरुमा कौलव करण दिउँसो १२:१२ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:२३ बजेसम्म, अन्तिममा गर करण,आनन्दादि योग : मानस, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान (दिउँसो १२:१२ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०४:२२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । स्वास्थ्यले साथ नदिन पनि सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार