• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

प्रचण्ड र नारायणकाजी सर्लाही जाँदै


काठमाडौँनकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्लाही जाँदै छन् । आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही जान लागेको हो ।दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको

छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् । आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट गाउँपालिका रहेको सर्लाहीको क्षेत्र नं ३ माओवादी केन्द्रको आफ्नो बलियो आधारका रुपमा लिइन्छ ।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

काठमाडौं । शनिबार बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थान पहिरो झर्दा सडक पूर्ण रुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार यतिबेला सडकमा खसेको माटो पन्छ्याउने काम भइरहेको छ ।सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधन पूर्ण रुपमा प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार