• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन ८ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन ८ गते, आइतवार,२४ जुलाई २०२२। श्रावण कृष्णपक्ष एकादशी तिथि, १४ः४६ बजेदेखि द्वादशी। राेहिणी नक्षत्र। चन्द्रराशि–वृष।श्रावण कृष्णपक्ष (दिल्लागा) दशमी तिथि, दिउँसो ०१:२६ बजेसम्म, त्यसपछि एकादशी तिथि,कृतिका नक्षत्र, बेलुका ०९:३८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, साँझ

०४:३७ बजेसम्म, त्यसपछि बृद्धि योग सुरुमा विष्टि/भद्रा करण दिउँसो ०१:२६ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०२:०५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : स्वर्गलोक) आनन्दादि योग : ध्वज, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर (दिउँसो ०१:२६ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : साँझ ०६:५४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,आजको मुहूर्त : कलशचक्र, हलचक्र (द्रष्टव्य : दिउँसो ०२:१० बजेसम्म भद्रा रहेको छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गर्न खोजेको जुनसुकै कार्यमा बाधा, मनमा दुबिधा र यात्रामा बिघ्नबाधा समेत आउनसक्छ, तर बाधा परे पनि निराश र हतास नहुनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला । ,

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायबाट लाभ नै मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार