• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता


काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।२०७२ मा एमाले र माओवादी का शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो तहका नेताहरुले कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए।भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरु

मा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए ।भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो ।

सिंहदरबारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार