• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

अर्थमन्त्रीविरुद्धको मुद्दा अन्तर्राष्ट्रिय बनाऔं : केपी ओली


काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट मा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दायरा हेरफेर गराउने अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध को मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्ने बताएका छन्। युवा संघको कार्यक्रममा बोल्दै उनले देश विरुद्धको अपराध भएकाले अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताए।’यो देशको विरुद्ध अपराध हो। देशको

अर्थतन्त्रका विरुद्धको अपराध हो। एकात घरानालाई पोस्नका लागि उद्योग र अर्थतन्त्रलाई धरासायी पार्ने, जानी-जानी अपराध गरिएको छ। यस्तो अपराध मामुली कुरा होइन। मलाई कसैले च्यालेन्ज गर्छ भने इन्टरनेशनल मुद्दा बनाऔं,’ उनले भने।अध्यक्ष ओलीले संसदीय समिति सत्ता गठबन्धनकै बहुमत पुग्नेगरी बनाएको आरोपसमेत लगाए। ‘समितिका ६ जनाले प्रमाणित हुनै दिएन। उनीहरुले प्रमाणित गर्नै मानेन। त्यो त पार्लियामेन्टमै फैसला गरे हुन्थ्यो नि,’ उनले व्यंग्य गर्दै भने, ‘संसदमै हुन्छ, हुन्न भने भइहाल्थ्यो। गठबन्धनसँग बहुमत छँदैछ।’ संसदीय छानबिन समितिको रिपोर्ट तथ्यमा आधारित नभएको उनले बताए।

उनले यो सरकार बजेटमारा र ढिकुटीमाराहरुको सरकार भएको टिप्पणी गरे। कमिशन खाएर व्यपारीको एजेन्ट राखेर करको दायरा हेरफेर गर्ने अपराध सरकारले गरेको उनको भनाइ छ।
छानबिन गरौं भन्दा किन गर्ने? उल्टै किन फुटेज देखाउने? कल डिटेल हेरौंभन्दा हेर्न हुँदैन, कल डिटेल हेर्दा त थाहा भइाल्छ नि, किन हेर्न पर्‍यो कल डिटेल,’ समितिका बसेकाहरुलाई इंगित गर्दै उनले भने।

उनले प्रहरीमाथि पनि आशंका व्यक्त गरे। उनले गठबन्धनले आइजीपीलाई बोल्नै नदिएको आरोपसमेत लगाए। ‘परीक्षण गर्ने प्रहरी बेसगरी भए एसपी तहको होला। गठबन्धनले आइजीपीलाई त बोल्न दिँदैन। अनि एसपीले के गरोस् विचारा। जस्तो रिपोर्ट भन्यो त्यस्तै दियो होला।’

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार