• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन १७ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन १७ गते, मंगलवार, २ अगस्ट २०२२। श्रावण शुक्लपक्ष पञ्चमी तिथि।उत्तरफाल्गुनी नक्षत्र,१५ः४९ बजेदेखि हस्त। चन्द्रराशि–कन्या।श्रावण शुक्लपक्ष (गुँलाथ्व) पञ्चमी तिथि, मध्यरात्रीपछि ०२:२९ बजेसम्म,त्यसपछि षष्ठी तिथि,उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०३:४८ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), शिव योग,

साँझ ०५:५९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बब करण दिउँसो ०२:३६ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:२९ बजेसम्म, अन्तिममा कौलव करण,आनन्दादि योग : धाता, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०५:५६ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : नागपञ्चमी, (नाग टाँस्ने दिन), ललितपुरको दानघाट, धापाखेल, नागदह, नागपोखरी, टौदह आदि विभिन्न नागस्थानमा मेला, कल्की जयन्ती, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), फणिचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १८ गते : कल्की जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), वस्त्राभरण, पुराण श्रवण, कलशचक्र, १९ गते : गोस्वामी तुलसी दास जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र, २० गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:०८ बजेसम्म भद्रा रहेको छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार