• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

मेयर बालेन साहले गरे बानेश्वरको फुटपाथ अवलोकन


काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् ।यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेकाहुन्।स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी

संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिए ।मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार