• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

अमेरिका–चीनबीच तनाव उच्च बिन्दूमा : आज राति ताइवान पुग्नेछ पेलोसी सवार विमान, स्वागतका लागि दुई होटल बुक


एसियालीदेशहरुको भ्रमणमा निस्किएकी अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी क्वालालम्पुर पुगेकी छन्। त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै उनी क्वालालम्पुर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। क्वालालम्पुर पुगेकी उनी आजै (मंगलवार) नै त्यहाँबाट बाहिरिने छन्।पेलोसी सवार अमेरिकी एयरफोर्सको विमान मलेसियाको

एयरफोर्स बेसमा अवतरण गरेको हो। पेलोसीले क्वालालम्पुरमा मलेसियाका प्रधानमन्त्री स्माइल सब्री र सभामुख अजहर हारुनसँग भेट गरेकी छन्। भेटमा सुरक्षा चुनौति, आर्थिक सााझेदारीका विषयमा छलफल भएको सभामुख पेलोसीको तर्फबाट जारी भएको वक्तव्यमा उल्लेख छ। मलेसिया भ्रमणपछि उनको अर्को गन्तव्य दक्षिण कोरिया र जापान छन्। तर, उनी यसबीच ताइपेइमा ओर्लिने सम्भावनाले विश्वको ध्यान आकृष्ट गरेको छ। वक्तव्यमा उनको अबको गन्तव्य कहाँ हो भन्ने विषय उल्लेख छैन।उनले क्वालाम्पुरमा रात नबिताउने बताइएको छ। च्यानल न्युज एसिया (सीएनए)की मलेसिया ब्युरो प्रमुख मेलिसा गोहले पेलोसी क्वालालम्पुरमा रात नबिताउने बताएकी छन्।

‘अमेरिकी सभामुख क्वालाम्पुरमा रात बिताउने छैनन्। भ्रमण टोली निकट स्रोतले भनेको छ की उनी आजै विमानस्थलतर्फ प्रस्थान गर्नेछिन्। उनीसँग भेट गरेका मलेसियाको संसदका सभामुख हारुनले उनको विवादास्पद ताइवान भ्रमणको विषयमा कुनै छलफल नभएको बताएका छन्,’ उनले ट्वीट गरेकी छन्।

सभामुख पेलोसीकोको ताइवान भ्रमणबारे आधिकारिक जानकारी नआएपनि उनी मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने बताइएको छ। उनी सोमवार राती ताइपेइ पुग्ने बताइएको छ। ताइपेइमा पेलोसीको अवतरणको पूर्वसन्ध्‍यामा चीनका युद्धक विमानहरु ताइवान घाँटीलाई बाँड्ने रेखा (मेडियन लाइन) आसापास उडिरहेको रोयटर्सले स्रोतलाई उदृत गर्दै जनाएको छ। चीनले पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिँदै आएको छ। ताइवान र मुख्यभूमि चीनबीचको अघोषित जलसीमा आसपास युद्धक विमान तथा युद्धक जहाजहरु पुगिरहेका छन्।

पीएलएका युद्धक विमानले ताइवान घाँटीलाई घेरा हालेर घुमिरहेका छन् भने ताइवानी युद्धविमानहरु तयारी अवस्थामा रहेको समाचारमा उल्लेख छ। दुबै तर्फका युद्ध विमानहरुले सामान्यतय: ‘मेडियन लाइन’ पार गर्दैनन्। ताइवानको रक्षा मन्त्रालयले पनि आफ्नो सैनिक तयारी अवस्थामा रहेको र कुनै चुनौती आए तत्काल फौज परिचालन गरिने जनाएको छ। अहिले ताइवानको पारिपट्टी रहेको चीनको दक्षिणी शहर सियमनमा ठूलो संख्यामा सैन्य उपस्थिति रहेको छ। यता ताइवानको पत्रिका लिबर्टी टाइम्सले पेलोसी नेतृत्वको टोली सवार विशेष विमान म‌ंगलवार राती १०:२० सङसान विमानस्थलमा अवतरण गर्ने जनाएको छ।

उनी त्यहाँको ग्रान्ड ह्यात होटलमा रात बिताउने र बिहान त्यहाँका नेतासँग भेट गर्ने छन्। यो टोलीको आथित्यताका लागि ताइपेइका दुई वटा होटल बुक गरिएको समाचारमा उल्लेख छ। ह्यातसँगै मेरियट होटल पनि बुक गरिएको छ। यद्यपि अमेरिकी सेनाको कलसाइन एसपीएआर १९ मलेसियाबाट उडान भरेको छ। पेलोसी त्यसमा सवार छन् वा छैनन् भन्ने खुलेको छैन। स्थानीय समयअनुसार सो विमान ३:४२ बजे उडेको छ। एयरफोर्सको एसपीएआर १९ कलसाइन भएको बिमानबाट पेलोसी नेतृत्वको टोली अमेरिकाबाट सिंगापुर हुँदै क्वालालम्पुर पुगेको थियो। यद्यपि अर्को एसपीएआर २० कलसाइन भएको विमान जापानबाट क्वालालम्पुरमा बिहान पुगेको थियो। क्वालालम्पुरबाट उनी कुन विमानमा जाने र कति समयमा उडान गर्ने भन्ने खुलेको छैन।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार