• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख


काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन्।अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त

प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् । उनको ताइवान भ्रमणबारे केही बताइएको थिएन ।बेइजिङले भने ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । किनकी चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्दै आएको छ ।तर उनी मंगलबार साँझ ताइपेई पुगेकी छन् । यो ताइवानमा दशकौंमा भएको अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार