• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

संघ र प्रदेश निर्वाचनः झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने


काठमाडौंः सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए । उनले अन्नपूर्णसँग भने,’ केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ ।

चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए।संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ।
सत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार