• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

डरायो भन्लान्, चुनाव त लड्नैपर्छ : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरे ।‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले

दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराए छ कि भन्ने पर्छ ।’
यी हुन् चिनियाँको अपहरण गर्ने दुई प्रहरीसहितका अपहरणकारी, तस्बिरमा हेर्नुहोस्

दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् ।

उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

उनीहरुले चिनियाँलाई अपहरण गरेर राजधानीको गोंगबुस्थित एक होटलमा राखेका थिए भने रकम लिन गोंगबुकै बिजी मलमा बोलाएपछि रकम लिने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार