• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन २० गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन २० गते, शुक्रवार, ५ अगस्ट २०२२। श्रावण शुक्लपक्ष अष्टमी तिथि। स्वाती नक्षत्र, १५ः२३ बजेदेखि विशाखा। चन्द्रराशि– तुला। श्रावण शुक्लपक्ष (गुँलाथ्व) अष्टमी तिथि, मध्यरात्रीपूर्व ११:१८ बजेसम्म,त्यसपछि नवमी तिथि, स्वाती नक्षत्र, दिउँसो ०३:२५ बजेसम्म,त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त),शुभ योग, दिउँसो

१२:५२ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो १२:०८ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:१८ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : गद, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (मध्यरात्रीपूर्व ११:१८ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०९:२८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्र (द्रष्टव्य : दिउँसो ०२:१० बजेसम्म भद्रा रहेको छ)आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २१ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २२ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वास्तु मुहूर्त, द्रव्यप्रयोग, कलशचक्र २३ गते : श्रावणी सोमवारको व्रत, श्री पुत्रदा एकादशी व्रत, मुहूर्त : कलशचक्र (द्रष्टव्य : बिहान ०६:१८ बजेपछि भद्रा रहने छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजबाट पुराना र रोकिएका कार्य पुन: प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार