• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन २१ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन २१ गते, शनिवार,६ अगस्ट २०२२। श्रावण शुक्ल पक्ष नवमी तिथि। विशाखा नक्षत्र, १४ः२६ बजेदेखि अनुराधा। चन्द्रराशि– तुला, ८ः४२ बजेदेखि वृश्चिक।
श्रावण शुक्लपक्ष (गुँलाथ्व) नवमी तिथि, बेलुका ०९:२९ बजेसम्म, त्यसपछि दशमी तिथि, विशाखा नक्षत्र, दिउँसो ०२:२८ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा,बिहान

०८:४६ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, शुक्ल योग, बिहान १०:२९ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा बालब करण बिहान १०:२८ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:२९ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : शुभ, चन्द्रवणर् : सेतो (बिहान ०८:४६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (बिहान ०८:४६ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (बेलुका ०९:२९ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १०:३७ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्रआगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २२ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वास्तु मुहूर्त, द्रव्यप्रयोग, कलशचक्र, २३ गते : श्रावणी सोमवारको व्रत, श्री पुत्रदा एकादशी व्रत, मुहूर्त : कलशचक्र (द्रष्टव्य : बिहान ०६:१८ बजेपछि भद्रा रहने छ), २४ गते : विश्व आदिवासी दिवस, श्री भौम प्रदोष व्रत (विशेषतः ऋणमुक्ति हेतु), वहिद्यवोय, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले फाइदा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार