• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन २६ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन २६ गते, बिहीवार, ११ अगस्ट २०२२। श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, ९ः४४ बजेदेखि पूर्णिमा। उत्तराषाढा नक्षत्र, प्रातः ६ः४९ बजेदेखि श्रवण। चन्द्रराशि–
मकर।श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्दशी तिथि, बिहान ०९:४४ बजेसम्म, त्यसपछि पूणर्िमा तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०६:४८ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, भोलि बिहान ०५:१७

बजेसम्म, अन्तिममा धनिष्ठा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, साँझ ०४:५२ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा वणिज करण बिहान ०९:४४ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका ०८:३५ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (बिहान ०९:४४ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०४:१५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : श्री पूणर्िमा व्रत, श्री शिवपवित्रारोपण, बाजुरा बडिमालिका मेला, हयग्रीवोत्पत्ति, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), वास्तु मुहूर्त, द्वारचक्र, कलशचक्र (द्रष्टव्य : दिउँसो ०२:१० बजेपछि भद्रा रहने छ)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २७ गते : ऋषि तर्पणी, जनै पूणर्िमा, गाई जात्रा (सापारु), रक्षा बन्धन (राखी), कुम्भेश्वर, गोसाइँ कुण्ड, पशुपतिनाथ, दुधकुण्ड आदि पवित्र सरोवर र तीर्थस्थानमा मेला, डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, मानस व्रतको समापन, संस्कृत दिवस, डोलेश्वर उत्सव, ब्याँजानके, गुँपुह्नि, श्री प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामीले मनाउने), मुहूर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तु मुहूर्त, २८ गते : रोपाई जात्रा, दथुसाया यलमतया, चतुर्मासा व्रत लिनेले दही बार्ने दिन प्रारम्भ, मुहूर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तु मुहूर्त, द्रव्यप्रयोग, २९ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), दीक्षा ग्रहण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसक्नेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार