• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र १६ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र १६ गते, बिहीवार, १ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष पञ्चमी तिथि, १२ः५४ बजेदेखि षष्ठी। स्वाती नक्षत्र। चन्द्रराशि– तुला।भाद्रपद शुक्लपक्ष(ञलाथ्व) पञ्चमी तिथि, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि षष्ठी तिथि,स्वाती नक्षत्र, मध्यरात्रीपूर्व ११:२० बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त),ब्रह्म योग, बेलुका ०९:२९

बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा बालब करण दिउँसो १२:५६ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि १२:१३ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : स्थिर, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (दिउँसो १२:५६ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ११:३९ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : ऋषि पञ्चमी व्रत, मध्याह्न कालमा सप्तर्षि पूजा, बिरुडा पञ्चमी, धर्म विनायक राष्ट्रिय रथयात्रा, कोखजाबिय, खनजोत नगरी उम्रिएको साग खाने दिन, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, दीक्षा ग्रहण, फणिचक्र, चुल्लीचक्र, हलचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-

१७ गते : अमुक्ताभरण सप्तमी, गौरा सप्तमी, सूर्य षष्ठी, स्वामी कार्तिकेयको दर्शन र पूजा गर्ने दिन, सन्तान सप्तमी, अपराजिता पूजा, भक्तपुरमा मङ्गल कुण्ड मेला, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र १८ गते : गौरा पर्व, दूर्वाष्टमी, श्री महालक्ष्मी व्रत प्रारम्भ (धनसम्मृद्धि र दाम्पत्यसुखका निमित्त १६ दिने माता लक्ष्मीको उपासना सुरु), फालो पर्व (थकाली), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र (द्रष्टव्य : बिहान ०९:४५ बजेपछि भद्रा रहने छ), १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार