• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

विष्णु पौडेल को भिडन्त बालकृष्ण खाँण सँग, कसले मार्ला बाजी ?


गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँण को नाम रुपन्देहीको क्षेत्र नम्बर २ बाट सिफारिस भएकोछ।आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन
का लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले गृहमन्त्री खाँणसहित ५ जनाको नाम सिफारिस

गरेको हो । क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव विमलराज भटराईका अनुसार खाँणसहित युवराज गिरि, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको छ । यस्तै रुपन्देही–२ बाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ। जसमा अर्जुन रानाभाट, प्राडा बुद्धबहादुर थापा, चिरञ्जिवी जोशीको नाम सिफारिस भएको छ । यस्तै महिलातर्फ मनोरमा शेरचन, लक्ष्मी जोशी, रिता सेन ,नोमा थापा, हेमकुमारी सुवेदी र राममाया पौडेलको नाम सिफारिस भएको छ । रुपन्देही–२ एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक चुनाव जितेको क्षेत्र हो।

सिफारिस अनुसार टिकट पाएमा बुटवल र आसपासको क्षेत्र पर्ने रुपन्देही २ मा बालकृष्ण खाँण र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुनेछ। २०४८ सालमा खाँण बुटवल क्षेत्रबाट सांसद बनेका थिए। त्यसपछि क्षेत्र नम्बर ३ मा भएका चुनाव लडेका थिए ।

क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले ३ नम्बर क्षेत्रबाट पनि खाँणको नाम सिफारिस गरिने बताए । क्षेत्र नम्बर २ बाटसमेत सिफारिस भएपनि गृहमन्त्री खाँण क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने निश्चित जस्तै छ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार