• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र १७ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र १७ गते, शुक्रवार२ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष षष्ठी तिथि, ११ः२७ बजेदेखि सप्तमी। विशाखा नक्षत्र। चन्द्रराशि– तुला,१६ः४३ बजेदेखि वृश्चिक। भाद्रपद शुक्लपक्ष (ञलाथ्व) षष्ठी तिथि, दिउँसो ११:२९ बजे सम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, बेलुका १०:२९ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, साँझ ०४:४४

बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, ऐन्द्र योग, बेलुका ०७:०९ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा तैतिल करण दिउँसो ११:२९ बजेसम्म, त्यसपछि गर करण बेलुका १०:३७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवणर् : सेतो (साँझ ०४:४४ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (साँझ ०४:४४ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पश्चिम (दिउँसो ११:२९ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो १२:२९ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : अमुक्ताभरण सप्तमी, गौरा सप्तमी, सूर्य षष्ठी, स्वामी कार्तिकेयको दर्शन र पूजा गर्ने दिन, सन्तान सप्तमी, अपराजिता पूजा, भक्तपुरमा मङ्गल कुण्ड मेला, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १८ गते : गौरा पर्व, दूर्वाष्टमी, श्री महालक्ष्मी व्रत प्रारम्भ (धनसम्मृद्धि र दाम्पत्यसुखका निमित्त १६ दिने माता लक्ष्मीको उपासना सुरु), फालो पर्व (थकाली), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र (द्रष्टव्य : बिहान ०९:४५ बजेपछि भद्रा रहने छ), १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र, २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी देखिनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार