• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

सुदूरपश्चिम एमालेका ‘भेट्रान लिडर’


मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिमका आफ्ना पुराना नेताहरूलाई पुनः दोहो¥याउने भएको छ । एमाले सुदूरपश्चिमले
हाल प्रतिनिधि सभा सदस्य रहेका आफ्ना पुराना नेताहरूलाई पुनःदोहोयाउने भएकोहो।उनीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला कमिटी तथा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस

गरेको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नारदमुनि राना, निर्वाचन क्षेत्र नं. ४ बाट लेखराज भट्ट, निर्वाचन क्षेत्र नं. ३ बाट गौरीशंकर चौधरीलाई सर्वसम्मत सिफारिस गरेको हो । राना, भट्ट र चौधरी २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए नेकपा एमाले कैलाली इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य रानाका अनुसार अछाम निर्वाचन क्षेत्र नं. १ बाट एमालेका सल्लाहकार डा. भीम रावल, अछाम–१ बाट सिफारिस भएका छन् । रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन् । अछाम निर्वाचन क्षेत्र नं. २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकल रूपमा सिफारिस गरिएको छ । एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट दामोदर भण्डारी सिफारिस गरिएको रानाले बताए । बझाङ, बाजुरा, कञ्चनपुर, डोटी, डडेल्धुराबाट सिफारिस गर्न बाँकी रहेको बताइएको छ ।

चाडपर्वको किनमेल गर्ने थलो बन्दै भारतीय बजार जोगवनी

विराटनगर : चाडपर्व दशै नजिकिँदै गएको बेला भारतीय बजार जोगवनीमा चहलपहल बढ्दै गएको छ।चाडपर्वको बेला सीमा कटेर दैनिक उपभोग गर्ने खाद्यान्यसहित लताकपडा किनमेल गर्न जोगवनी जानेको संख्या दिनानुदिन बढ्न थालेपछि चहलपहल बढेको हो।सस्तो पर्ने भन्दै नेपालीहरू भारतीय बजार जाने गरेकाले स्वदेशी बजारमा चहलपहल छैन।

केही हप्तायता सीमावर्ती भारतीय बजार भने व्यस्त हुन थालेका छन्। जोगबनीका हरेक पसलमा नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ। मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नियन्त्रण गर्ने निकाय नै पैसा उठाउन व्यस्त भएकाले भारतीय बजारमा दिनानुदिन चहलपहल बढेको बताए। सरकारले स्वदेशी उत्पादनमा लगाएको करले दैनिक उपभोग्य सामग्री महंगो हुने भएकाले भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको संख्या बढेको उनले बताए।अध्यक्ष रिजालले करिब २० वटा उत्पादनमा सरकारले लगाएको कर नीति फेरिनुपर्ने बताए। स्वदेशी उत्पादनमा कर बढाउने र क्यारिङ्ग गरेर भारतीय बजारबाट सबै सामान ल्याउन दिने राज्यको नीतिका कारण विराटनगरको व्यापार चौपट भएको उनले बताए।

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा नै भारतीय बजारबाट क्यारिङ्ग गरेर समान आउने गरेको व्यापारीहरूले आरोप लगाउदै आएका छन्।दसैमा विशेषगरी भान्सामा प्रयोग हुने सामान र लत्ता कपडाको बढी कारोबार हुन्छ। ती सबै सामानमा लागेको करले स्थानीय बजारमा मूल्य बढी भएकाले भारतीय बजार उपभोक्ताको रोजाइमा परेको हो।
‘भान्सामा प्रयोग हुने हरेक सामान विराटनगरको तुलनामा सीमापारि निकै सस्तो पर्छ’, जोगबनी पुगेकी विराटनगर-६ की रेश्मी पासवान भनिन्। उनले नेपाल भन्दा सस्तो मुल्य पर्ने भएकाले आउने गरेको बताइन्।उनले हप्ता एक पटक आएर घरमा चाहिने सबै सामान किनेर जाने गरेको सुनाइन्। जोगवनीमा चार सय प्रतिकिलो पर्ने जिरा विराटनगरमा प्रतिपोवा एक सय २० पर्ने गरेको बताइन्। चिनीमा २० रुपैयाँ फरक रहेको उनले बताइन्।

खाने तेलमा लिटरमा ५० रुपैयाँभन्दा बढी फरक पर्छ स्थानीय रुवी खातुनले भनिन्-‘सस्तो पर्ने भएकाले जोगवनी जाने गरेकी हुँ।’लत्ताकपडामा किन्दा पनि नेपालभन्दा सस्तो पर्ने भएकाले विराटनगर सहित इटहरी, धरानसम्मका नेपालीहरूको रोजाइ जोगवनी बजार बनेको हो।दैनिक उपभोग्य वस्तु र कपडामा सरकारले लगाएको करका कारण जोगबनीमा मूल्य निकै फरक पर्छ।साडीमा पाँच सयदेखि एक हजारसम्म फरक छ। कपडामा १५ देखि २५ प्रतिशतसम्म भन्सार महसुल र १३ प्रतिशत भ्याटका कारण ४० प्रतिशतसम्म मूल्य फरक पर्ने गरेको उपभोत्ताहरूले बताएका छन्।

जोगवनी बजारमा हरेका पसलमा नेपालीको भिड हुने गरेको छ।
यसैबीच विराटनगर भन्सारका अनुसार यात्रु शाखाले दैनिक डेड लाख बराबरको भन्सार शुल्क संकलन गर्दै आएको छ। दुई सयको हाराहारीमा जोगवनीबाट किनमेल गरेर आएका नेपालीबाट सशस्त्र प्रहरीको सहयोगमा भन्सार शुल्क संकलन गर्दै आएको छ। घरेलु प्रयोजनका लागि ल्याइएका सामान रोक्न सक्ने स्थिति नभए पनि यात्रु शाखाबाट आउने व्यापारिक प्रयोजनका सामानमा मात्र भन्सार लिने गरिएको बताइएको छ।

यात्रु शाखाले कम्तीमा पाँच हजार रुपैयाँसम्मको सामान लिएर फर्कनेलाई भन्सार शुल्क काट्दै आएको छ। तर त्यहाँबाट विभिन्न बाटोहुँदै अघि बढेका क्यारिङकर्ता र सर्वसाधारणसँग नेपाल प्रहरी सय/पचास असुली गर्दे आएका छन्। सानो पोको बनाएर क्यारिङ गर्नेसँग प्रत्येक पटक एक सयका दरले नेपाल प्रहरीले डाट नम्बर २ को छेउमा रकम असुली गर्ने गरेको हो।जोगवनीका व्यापारीले पहिला पैसा जम्मा गरिदिएपछि घर वा पसलसम्म नै क्यारिङ्ग गराएर सामान पठाइदिने नीति समेत अपनाइएको छ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार