• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २१ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २१ गते, मंगलवार ६ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष एकादशी तिथि। पूर्वाषाढा नक्षत्र,१६ः३८ बजेदेखि उत्तराषाढा।चन्द्रराशि–धनु।भाद्रपद शुक्लपक्ष (ञलाथ्व)
एकादशी तिथि, मध्यरात्रीपछि १२:३१ बजेसम्म, त्यसपछि द्वादशी तिथि, पूर्वाषाढा नक्षत्र, साँझ ०४:४० बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, बेलुका १०:१५ बजेसम्म,

त्यसपछि मकर राशिमा, आयुष्मान् योग, बिहान ०७:४४ बजेसम्म, त्यसपछि सौभाग्य योग भोलि बिहान ०४:३८ बजेसम्म, अन्तिममा शोभन योग (योग टुटेको दिन), सुरुमा वणिज करण दिउँसो ०१:४६ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि १२:३१ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : मित्र, चन्द्रवणर् : पहेंलो (बेलुका १०:१५ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बेलुका १०:१५ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०३:३९ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : दिउँसो १२:०० बजेपछि भद्रा रहने छ)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २२ गते : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान (मतछोयके), निजामती सेवा दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, मुठी लिने, २३ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), शिक्षा तथा साक्षरता दिवस, न्हुघया, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, कलशचक्र, २४ गते : अनन्त चतुर्दशी व्रत, श्री पूणर्िमा व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार