• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २५ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २५ गते, शनिवार १० सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष पूर्णिमा तिथि, १५ः५० बजेदेखि आश्विन कृष्णपक्ष प्रतिपदा।शतभिषा नक्षत्र,१०ः५० बजेदेखि पूर्वभाद्रपदा।
चन्द्रराशि– कुम्भ। भाद्रपद शुक्लपक्ष (ञलाथ्व) पूणर्िमा (परेवा)तिथि, दिउँसो ०३:५० बजेसम्म,त्यसपछि प्रतिपदा तिथि, शतभिषा नक्षत्र, दिउँसो १०:५० बजेसम्म,त्यसपछि पूर्वाभाद्रा नक्षत्र

चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०४:०९ बजेसम्म, त्यसपछि मीन राशिमा, धृति योग, साँझ ०५:१६ बजेसम्म, त्यसपछि शूल योगसुरुमा बब करण दिउँसो ०३:५० बजेसम्म, त्यसपछि बालब करण भोलि बिहान ०३:०१ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : आनन्द, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य (दिउँसो ०३:५० बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : साँझ ०६:३३ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : पूणर्िमा व्रत, हलो बार्ने तथा धूपधुँवार गर्ने दिन, उमामहेश्वर व्रत, महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, चेपाङहरूको चोनम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व),

आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २६ गते : सोह्र श्राद्धअन्तर्गत प्रतिपदा र द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), चतुर्मासा व्रत लिनेले दूध बार्ने दिन प्रारम्भ, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २७ गते : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, द्वारचक्र, दीक्षा ग्रहण, २८ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र तथा अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढ्न सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा पनि बाधा आउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार