• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २७ गते साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २७ गते साेमवार ११ सेप्टेम्बर २०२२।आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १४ः१९ बजेदेखि द्वितीया। पूर्वभाद्रपदा नक्षत्र,१०ः०० बजेदेखि उत्तरद्रपदा। चन्द्रराशि–
मीन। आश्विन कृष्णपक्ष (ञलागा) द्वितीया तिथि, दिउँसो ०१:१२ बजेसम्म, त्यसपछि तृतीया तिथि, उत्तराभाद्रा नक्षत्र, बिहान ०९:३० बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा

(अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो १३:०० बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा गर करण दिउँसो ०१:१२ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि १२:४९ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, आनन्दादि योग : गद, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : उत्तर (दिउँसो ०१:१२ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०७:५५ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, द्वारचक्र, दीक्षा ग्रहण

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २८ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला, २९ गते : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, भरिणी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया), बाल दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र, पुराण श्रवण, ३० गते : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको लगानीबाट नोक्सानी हुनसक्छ । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार