• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २८ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २८ गते, मंगलवार१३ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष तृतीया तिथि, १२ः३४ बजेदेखि चतुर्थी। रेवती नक्षत्र, ९ः३१ बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, ९ः३१
बजेदेखि मेष।आश्विन कृष्णपक्ष (ञलागा) तृतीया तिथि, दिउँसो १२:३१ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, रेवती नक्षत्र, बिहान ०९:२६ बजेसम्म,त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा

बिहान ०९:२६ बजेसम्म, त्यसपछि मेष राशिमा, बृद्धि योग, दिउँसो ११:२१ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो १२:३१ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि १२:२५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक)(भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : शुभ, चन्द्रवणर् : पहेंलो (बिहान ०९:२६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०९:२६ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : आग्नेय (दिउँसो १२:३१ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन समाप्ति (बिहान ०९:२६ बजे), वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०८:३४ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,आज : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला, आजको (द्रष्टव्य : दिउँसो १२:०० बजेसम्म भद्रा रहेको छ)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २९ गते : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, भरिणी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया), बाल दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र, पुराण श्रवण, ३० गते : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने), ३१ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, भाद्र मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : दिउँसो ०१:३६ बजेपछि भद्रा रहने छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । सामाजिक काममा सफलता पनि पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन मध्यम खालको छ । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार