• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर


काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। अस्पताल को भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना
हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । काठमाडोँ महानगरपालिकाले आज वीर अस्पताल परिसरका अवैध संरचनाहरु र औषधि

पसल रहेका सटरहरू हटाउँदै छ । महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो ।त्यहाँ वर्षौँदेखि अवैध रूपमा बनाइएका टहरा सटरमा औषधि पसलहरु सञ्चालन गरिँदै आएको छ । वीर अस्पतालको नयाँ भवन रहेको उक्त परिसरमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख छ तर हालसम्म ती अवैध टहरा हटाइएको छैन ।

ती अवैध संरचना हटाउन महानगर प्रहरी र अधिकारीहरूकाे टाेली साे परिसरमा खटेकाे छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार