• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् ।‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको
व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदकोभदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन

गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा लेखिएको छ,–‘मन्त्रिपरिषदको मिति २०७९/०५/२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०७९/०५/२७ को पत्रका आधारमा सम्व्त २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

हेटौंडास्थित सरकारको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

काठमाडौं । हेटौंडा-४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले बताए । ‘आगलागी भएपछि काठमाडौंमा एक प्राविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ’ उनले भने, ‘क्षतिको पूरा विवरण आएको छैन ।’आगलागीका कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने उनले बताए । ‘धेरै सेवा र सूचनाको ब्याकअप सिंहदरबारमै छ’ उनले भने, ‘प्रदेशका कतिपय सेवमा त्यसले असर पार्नसक्छ ।’उनले यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पडि्कएरै यस्तो घटना भएको बताए । ‘ठूलो क्षति नभएको आकलन गरेका छौं’, उनले भने ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार