• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

अध्यक्ष तिमिल्सिनाले सोधेः सापकोटा अझै सभामुख हुन् ? सापकोटाले गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन [पत्रसहित]


काठमाडौँ —राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् ।सभामुख अग्निप्रसाद सापकोटाको कार्यावधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले

महासिचव गौतमलाई पत्र लेखेका हुन् ।अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई पत्र लेखेको राष्ट्रिय सभाका एक अधिकारीले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा संघीय संसद् व्यवस्थापन समितिको असोज ५ का निर्णय कार्यान्वयन गर्न उपयुक्त नदेखिएको उल्लेख छ ।

प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने ब्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई पत्र लेखेको बताइएको छ । समानुपातिकको लागि नयाँ बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भनेर उनले आयोगलाई पनि पत्र पठाएर जवाफ मागेका थिए । ‘संविधान, प्रचलित कानुन र अभ्यासअनुरुप पदावधि’ मान्नुपर्ने र त्यस आधारमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।

यस्तो छ सभामुख र उपसभामुखको पदावधि खुलाउन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाल कति हो भन्ने कुरा खुलाएर जवाफ पठाउन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयमा कार्यरत उपसचिव सुशीला आचार्यले असोज ६ मा आयोगलाई पत्र लेखेकी थिइन् ।अवधि सम्बन्धमा लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा संघीय संसद् प्रतिनिधिसभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि घोषणा भई सम्मानित निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रमको कार्यतालिका समेत प्रकाशन भइसकेको सन्दर्भमा नेपालको संविधान बमोजिम २०७४ सालमा गठन भएको प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनुहुन निर्देशानुसार अनुरोधछ।

राष्ट्रिय सभा अध्यक्षको निजी सचिवालयको पत्रको जवाफ आयोगले भोलिपल्ट नै दिएको थियो । ‘नेपाल सरकारबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि निर्वाचनको मिति तोकिई मतपत्र छपाई समेत गरी निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि निर्क्योल हुनुपर्छ भन्ने आयोगको मत रहेको साथी निर्वाचित संसद्को कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार