• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०७९ आश्विन १० गते सोमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७९ आश्विन १० गते सोमवार तदनुसार ई. सं.२०२२ सेप्टेम्बर २६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४,
नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, चन्द्रोदय : बिहान

०५:५८ बजे र चन्द्रास्त : साँझ ०५:३८ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) प्रतिपदा तिथि, भोलि बिहान ०३:२० बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराफाल्गुनी नक्षत्र, बिहान ०७:०९ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बिहान १०:१८ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा किंस्तुघ्न करण दिउँसो ०३:२५ बजेसम्म, त्यसपछि बब करण भोलि बिहान ०३:२० बजेसम्म, अन्तिममा बालब करण,आनन्दादि योग : श्रीवत्स, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १०:२३ बजे), जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वने, महाराज अग्रसेन जयन्ती, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिलान्यास (सामान्य),

डेरा सर्ने, द्वारचक्र, चुल्लीचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ११ गते : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), पर्यटन दिवस, झण्डा फेर्ने साइत दिनको ११:११ बजे (शुभ दिशा, पश्चिम), द्विपुष्कर योग बिहान ०७:३७ बजेदेखि मध्यरात्रीपछि ०२:४७ बजेसम्म, पर्यटन दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने), १२ गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, नागरिक सुरक्षा दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), वस्त्राभरण, डेरा सर्ने, मुठी लिने, १३ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार