• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले
सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएकोछ।डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको

खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने एक प्रहरी अधिकारीले जानकारी दिए ।सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।

एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् ।सोमबार भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।भटराईलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।

भट्टराईले अलग भएर भन्दा एकजुट भएर नै क्रान्ति अगाडि बढाउन सकिने भएकाले एमालेमा फर्किएको बताए ।उनले विगतमा केपी शर्मा ओलीको आलोचना गर्नेहरु अहिले ओली भन्दा खराब देखिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार