• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

मनास्लु हिमपहिरो : पहिलो आधार शिविरमा ५ जना सख्त घाइते उद्धारको पर्खाइमा


गोरखा — मनास्लु हिमालको तेस्रो आधार शिविरबाट उद्धार भएका दुई जना घाइतेहरु मौसम खराबीका कारण पहिलो आधार शिविरमा रोकिएका छन् । सोमबार साँझ दुई जना घाइतेलाई तेस्रो आधार शिविरमा ल्याएपछि मौसम खराबीका कारण हेलिकप्टर उडान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।एभरेस्ट

एयरको हेलिकप्टरबाट उद्धार भएका दुई जना पहिलो आधार शिविरमा रोकिएका हुन् । ‘तेस्रोबाट पहिलो आधार शिविरसम्म ल्याएपछि मौसम बदली भयो, मौसम पनि खुलेन, अहिले साँझ पर्‍यो,’ उनले भने ।

थप पाँच जना हिमपहिरोमा परेर गम्भीर घाइते भएकाहरु हिमपहिरो गएको ठाउँमै छन् । उनीहरुलाई पनि तत्काल उद्धारको आवश्यक प्रहरीले जनाएको छ । ‘अहिले घाइतेलाई पहिलो प्राथमिकता दिएर उद्धार गरिरहेका छौं,’ लामिछानेले भने । उद्धार भएकाहरुको पहिचान भने खुल्न सकेको छैन ।

संखुवासभा मकाउ गाउँपालिका–१ का वर्ष २७ का सुकुबहादुर तामाङ र दोलखा गौरीशंकर गाउँपालिका–५ वस्ने वर्ष ४४ का जीतबहादुर शेर्पालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार